२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

आज तुलसीपुर महोत्सवमा आले र चलाउने लगायतका कलाकार आउँदै

दाङ, १७ फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा शनिबार चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन् । “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा कलाकारहरुको गायन संगै उत्कृष्ट नृत्य प्रस्तुति समेत रहने छ । महोत्सवको फागुन १६ गतेको विशेष आकर्षणका रूपमा चर्चित लोकदोहोरी गायिका प्रीति आले,गायक भागिरथ चलाउने लगायतका कलाकारहरूको प्रस्तुति रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी गराए । विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ । यसैगरी चर्चित मोडल भूलन भूलन, नृत्यांगना बिमला बुढा, गायिका मोति जि.एम., उद्घोषिका मञ्जु पौडेल तथा अन्य कलाकारहरूको प्रस्तुति दर्शकका लागि विशेष आकर्षण हुने आयोजकले जनाएको छ । महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूका प्रस्तुति, लोकदोहोरी, सामूहिक लोकनृत्य, बालउद्यान, आकर्षक थारु गाउँ, रोटे पिङ लगायतका मनोरञ्जनात्मक गतिविधिहरू समेत रहेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस