दाङ, २० फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवारको आकांक्षी हुनेहरुको नाम सिफारिश गरेको छ । सोमबार जिल्लालाई उम्मेदवारको नामहरु सिफारिश गरेको हो ।
जसमा सभापतिकालागि भद्र खत्री(भुपेश) र हिरालाल ओली(जनार्दन)को नाम सिफारिश गरिएको छ, त्यस्तै सचिबमा तिलकराज डाँगी, कोषाध्यक्षमा भकत बहादुर वली, सदस्यहरुमा रमा चौधरी, युवराज राणा मगर र कृष्ण साहुको नाम सिफारिश गरिएको छ ।
अखिल क्रान्तिकारी बबई इकाई कमिटिले ति नामहरु सिफारिश गरेको हो । अध्यक्ष तिलकराज डाँगीले नामहरु सिफारिश गरेका हुन् ।
प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
