२०८३ बैशाख २८ गते सोमवार | 2026 May 11th Monday

युवा संघ शान्तिनगरका उपाध्यक्ष थापासहितका पाँच जान कांग्रेसमा प्रवेश

दाङ, २९ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ शान्तिनगर गाउँपालिका उपाध्यक्ष निरज थापा (ज्याक्की)सहित पाँच जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । देशको विकास निर्माणसँगै युवाहरुको हकहितका लागि काम गर्ने पार्टी नेपाली कांग्रेस भएको भन्दै बुधवार राष्ट्रिय युवा संघका पालिका उपाध्यक्ष थापासहित पाँच जना युवा कांग्रेसमा प्रवेश गरेका हुन ।

प्रवेश गर्नेमा युवासँगकै विनायक वली, दिपेस डाँगी, गेहेन्द्र रावत र रोशन आलेमगर रहेका छन् । नवप्रवेशीहरुलाई नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले घोराहीस्थीत जिल्ला पार्टी कार्यालयमा पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश गराउँदै सभापति डाँगीले नेपाली कांग्रेसको आस्था र विचारलाई युवा पुस्तामा पु¥याउँदै पार्टीको पक्षमा युवाहरुलाई ल्याउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस