२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

दाङमा बिद्युतको पोलमा बाधेर महिला माथी कुटपिट

दाङ, १४ चैत । दाङको घोराही १० निबासी २६ बर्षिया शिला चौधरीमाथी घोराही ११ चागुका पिडक गोपाल चौधरीका श्रीमतीले मरनासन्न हुने गरि कुटपिट गरेका छन । पीडित र पीडकबीच कागजी मिलापत्र गरेर पठाएपछि अहिले अधिकारकर्मीहरुको पहलमा प्रहरी कार्यालयमा घटना मुद्धा दर्ता गरिएको छ । अधिकारकर्मि खुमा खड्काले महिलालाई अत्यन्तै तल्लोस्तरमा दुर्ब्यबहार गरिएकाले न्याय दिनका लागि प्रहरी कार्यालयमा पहल गरिएको र हाल पिडकलाई कारबाहिको माग गर्दै अभद्र ब्यबहारमा मुद्धा दर्ता गरिएको जानकारी दिइन । पिडित सिलालाइ गोपालले साझ आफ्नो घरमा बोलाएको बेला उनको श्रीमती समेतका बिभिन्न ब्यक्तिहरुले घरभित्र कुटपिट गरि लछारपछार पारि फेरि बाहिर बिजुलिको पोलमा ल्याई डोरिले बाधेर मरनासन्न हुने गरि कुटपिट गरेको आरोप लागेको छ । घटना केही दिन अघिको हो ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस