दाङ, १९ चैत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताएका छन । संसद् भवन परिसरमा पत्रकाहरुसँग कुराकानी गर्दै सदस्य गिरीले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताएका हुन ।
संघिय सांसद समेत रहनु भएका गिरीले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिए पनि जनताको भावना विपरित त्यसलाई बोरामा थन्क्याउने काम गरिएको बताएका हुन ।
प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार