
दाङ, २३ चैत । पत्रकार शंकर भुसालले मानव सेवा आश्रममा नास्ता खुवाएर आफ्नो जन्मदिन मनाएका हुन । आज परेको आफ्नो जन्मदिनको अवसर पारेर तुलसीपुर-६ गाइडहरमा रहेको मानव सेवा आश्रममा ६० जनालाइ दिउसोको नास्ता खुवाएर जन्मदिन मनाएको उनले बताएका हुन । तुलसीपुरबाट संचालित राप्ती सञ्चार अनलाइनका संचालकसमेत रहेका पत्रकार भुसालले जन्मदिन मनाउने नाममा हुने खर्चलाई सदुपयोग गरेर गरिब, दुखी, बेसाहराहरुलाइ नास्ता खुवाएको बताएका हुन । अन्य व्यक्तिहरुले जन्मदिनको अवसरमा विभिन्न किसिमका होटेल तथा रेस्टुरेन्टहरुमा गएर अनावश्यक रुपमा खर्च गरेर मनाउने गरेपनी आफुले अलि फरक तरिकाले जन्मदिन मनाएको उनले बताएका हुन ।
बिगतदेखिनै गरिब दुखिहरुलाई सहयोग गर्दै आएको भन्दै उनले अब आउने दिनमा पनि यस्ता क्रियाकलापहरुलाइ निरन्तरता दिने बताएका हुन । जन्मदिनको नाममा फजुल खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्ने उदेश्यले आफुले फरक तरिकाले जन्मदिन मनाएको उनले बताएका हुन । सो कार्यक्रममा मानव सेवा आश्रमका पधादिकारी त्यहा बस्ने आश्रीत व्यक्तिलगाएतको सहभागिता रहेको थियो ।