२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

वली दम्पतीद्धारा मानप सेवा आश्रममा खाद्यान्न सहयोग

दाङ, १७ बैशाख । दाङको तुलसीपुर–४ निवासी एक दम्पतीले मानप सेवा आश्रम तुलसीपुरमा खाद्यान्न सहयोग गरेका छन् । तुलसीपुर–४ का समाजसेवी पोषण वली र उहाकी श्रीमती मालती वलीले आज नेपाल मानव सेवा आश्रम शाखा कार्यालय तुलसीपुरमै पुगेर फलफुल, तरकारी तथा खाद्यान्न सामाग्री वितरण गरेका हुन् । सेवा भावले मानव आश्रीत जिउदा देवताहरुको सहजताका लागी उक्त खाद्यान्न सहयोग गरेको उनीहरुले बताएका छन् । गरिब दुखी तथा बेसहाराहरुलाई थोरै भएपनी केही सहज होस् भन्ने उदेश्यले आफुहरुले उक्त सहयोग गरेको उनीहरु बताउछन् । सहयोग सामाग्री प्राप्त गरेपछी मानव सेवा आश्रम परिवारमा वली सम्पतीलाई धन्यबाद ज्ञापन गरेको छ । यस्ता मानविय सेवाका काममा सबै लाग्नुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस