
दाङ, १८ बैशाख । वाईसीएल नेपाल दङ्गीशरण गाउँपालिकाको गाउँस्तरीय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शेर बहादुर खत्रीको अध्यक्षतामा ३४ सदस्यीय नयाँ गाउँपालिका समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नरेश चौधरी, निर्मला चौधरी र केशव बिक चयन भएका छन् । यस्तै, सचिवमा प्रेम ओलि चयन भएका छन् भने सह–सचिवमा धनीराम चौधरी, यम बहादुर भण्डारी र शोभा चौधरी रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी कविता बिकलाई दिइएको छ ।
सम्मेलनमा वाईसीएल तथा नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०८२ बैशाख १९ गते बिहिवार