२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा खड्का

दाङ, २४ बैशाख । तुलसीपुर उपमहानगरपालिका – ४ रक्षाचौरका कृष्णबहादुर खड्का नेपाल नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ दाङको संस्थापक अध्यक्ष बनेका छन् । निर्माण व्यवसायी सङ्घ दाङका उपाध्यक्ष र रक्षाचौर नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका खड्काको नेतृत्वमा सर्वसम्मत रुपमा लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ दाङ पहिलो पटक जिल्लामा गठन भएको हो । 

नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घको बुधवार घोराहीमा भएको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा १६ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । सङ्घको उपाध्यक्षमा दीपक न्यौपाने र गिरधर भण्डारी, महासचिवमा उमाकान्त घिमिरे, सह-महासचिवमा राजेन्द्र श्रेष्ठ र प्रकाश केसी, कोषाध्यक्षमा हरिवंश दाहाल, सह-कोषाध्यक्षमा नरेन्द्र कार्की रहेका छन् ।

त्यस्तै जिल्ला कार्यसमिति सदस्यमा मिना घर्ती मगर, लुमाराम बुढाथोकी, अनिल खनाल, बसन्त गिरी, बिक्रान्त योगी, शरद भण्डारी, हरिमान खत्री र विजय डाँगीलाई चयन गरिएको छ । निर्वाचित कार्यसमितिलाई नेपाली काङ्ग्रेस दाङका सभापति शङ्करप्रसाद डाँगीले प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक विश्वकुमार चन्दको अध्यक्षता एवं नेपाली काङ्ग्रेस दाङका सभापति शङ्कर प्रसाद डाँगीको प्रमुख आतिथ्यमा भएको अधिवेशनको उद्‌घाटन सत्रका वक्ताहरूले व्यवसायिक एकता र पेशागत हकहितका लागि निर्माण व्यवसायीहरू एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस