
दाङ, २४ बैशाख । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य हेमराज वैद्य र मधुसूदन बैद्यलाई मातृ शोकमा परेका छन । बैद्यकि आमा जानकादेवी उपाध्यायको १०० वर्षको उमेरमा निधन भएको हो ।
जानका देबिको दु:खद निधन भएकोमा उनिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै उनको अन्त्येष्टि घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने परिवारले जानकारी दिएको छ । जानकादेवीका ७ भाइछोरा र एक छोरी छन्, जसमध्ये ७९ वर्षीय मोहन जेठा हुन् । ७ छोरामा मोहन, वासुदेव, नारायण, दामोदर, गोपाल, हेमराज र मधुसुधन हुन् भने छोरी रमा वैद्य हुन् ।
प्रकाशित मिति : २०८२ बैशाख २५ गते बुधवार