
दाङ, २४ बैशाख । दाङको तुलसीपुरमा प्रथम राष्ट्रिय खोखो प्रतियोगिता सञ्चालन हुने भएको छ । खोखो संघ दाङले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो ।
प्रथम खुल्ला पुरुष राष्ट्रिय खोखो प्रतियोगिता यही बैशाख २६ गतेदेखि २८ गतेसम्म हुने दाङ जिल्ला खोखो संघका अध्यक्ष बालकृष्ण शाहले जानकारी दिएका हुन । तुलसीपुरमा रहेको अरनीको मैदानमा हुने प्रतियोगितामा सातवटै प्रदेश र एउटा विभागिए टिम गरि ८ वटा टिमको सहभागिता रहने भएको छ । अहिलेसम्म आर्मीसहित तीन टिम तुलसीपरमा आईसकेको र अन्य टिम पनि आउने क्रममा रहेको उनको भनाई छ ।
खोखो प्रतियोगितामा देशैभरका खेलाडीहरु दाङको तुलसीपुरमा आउने भएका छन् । खोखो खेल नेपालमा अलि पछाडी परिरहेको भन्दै यसलाई स्थापित गर्नका लागि राष्ट्रिय स्तरको खेल आयोजना गरिएको भन्दै उनले नेपालभर अहिलेसम्म तीन वटा लिगका खेल आयोजना गरिएको बताएका हुन ।