२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

क्षेमताभन्दा धेरै विद्यार्थी राख्ने स्कुल बसलाई कारवाही गर्छौ : ट्राफिक प्रमुख

दाङ, २६ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख (प्रहरी निरीक्षक) उपेन्द्र बहादुर बमले तुलसीपुर क्षेत्रमा क्षेमताभन्दा धेरै विद्यार्थी राख्ने स्कुल बसलाई कारवाही गरिने बताएका छन । भर्खरै मात्रै दाङको ट्राफिक प्रमुखको रुपमा सरुवा भएर आएका इन्स्पेक्टर बमले आज तुलसीपुरमा भएको पत्रकार, यातायात व्यवसायी र उद्योगीहरुसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । 

कार्यक्रममा सहभागीहरुले तुलसीपुर क्षेत्रमा स्कुल बसहरुले अत्याधिक विद्यार्थी राखेर तिब्र गतीमा कुदाउने गरेको भन्दै यसमा ट्राफिक प्रहरीको ध्यानाकर्षण गराएका थिए । यसको जवाफमा ट्राफिक प्रमुख बमले क्षेमताभन्दा धेरै विद्यार्थी राख्ने स्कुल बसलाई कारवाही गरिने बताउदै तुलसीपुर क्षेत्रको हकमा तुलसीपुरका ट्राफिक प्रमुखलाई आवश्यक निर्देशन समेत दिएका हुन ।

सवारी दुर्घटना न्युनिकरणका लागी सबैले हातेमालो गर्न आवश्यक रहेकोसमेत उनले बताएका हुन । ट्राफिक प्रहरीको सक्रियताले मात्रै सवारी दुर्घटना न्युनिकरण गर्न असम्भव रहेको भन्दै उनले सबै सरोकारवालाहरुले यसमा सहयोग गर्नु पर्ने बताएका हुन । अहिले दाङ जिल्लाको ट्राफिक व्यवस्थापनको अवस्था बुझ्ने काम भइरहको बताउदै उनले तुलसीपुरलगाएत समग्र दाङको ट्राफिक व्यवस्थापनमा आफु गम्भिर भएर लाग्ने बताएका हुन । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको प्रमुखमा पनी प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर शाही भर्खरै मात्रै सरुवा भएर आएका हुन ।

दुबै ट्राफिक प्रमुखसँग आज एकैसाथ तुलसीपुरमा परिचयात्मक कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै तुलसीपुरका ट्राफिक प्रमुख शाहीले पहिलो स्कुल बस सञ्चालकहरुलाई सम्झाउने र अटेर गरेको अवस्थामा कारवाही गर्ने बताएका हुन । तुलसीपुर क्षेत्रमा हुने दुर्घटना न्युनिकरणका लागी बजार क्षेत्रमा जेब्राक्रसिङ निर्माणमा पहल गर्ने बताएका हुन ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस