२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

राम्री–कपुरकोट सडक एक हप्तासम्म बन्द हुने

दाङ, ७ जेठ । सल्यानको राम्री–कपुरकोट सडक आजदेखि एक हप्तासम्म बन्द हुने भएको छ । सडक विस्तार तथा निर्माणको कार्य चलिरहेको हुँदा आजदेखि जेठ १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सडकको स्तरोन्नतिका लागि आजदेखि गाडी आवागमन बन्द गरिन लागिएको हो ।  बन्द हुने समयमा साना गाडी तथा यात्रुले पैंयाखोरिया–सातवास– किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस