२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

महोत्सवमा शर्मा र आले आउँदै

दाङ, १४ पुस । दाङको तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’मा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ । महोत्सवमा आज ११ औँ दिनमा चर्चित गायक पुस्कल शर्मा, चर्चित गायिका प्रिति आले, हाँस्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ लगायतका कलाकारको सांगितिक प्रस्तुति रहने सांस्कृतिक संयोजक टिका जंग वलीले बताएका हुन । 

उनका अनुसार महोत्सवमा आज पनि लोकदोहोरी, सामुहिक लोक नृत्य प्रतियोगिता, स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ । पुस ४ गतेदेखि जारी महोत्सवमा दिनप्रतिदिन रौनकता बढ्दै गएको छ । 

दिनप्रतिदिन दर्शकहरूको उल्लेख्य सहभागिताले आयोजकलाई समेत उत्साहित बनाएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले महोत्सवमा दैनिकजसो हुने दर्शकको सहभागीताले निकै उत्साहित बनाएको बताएका छन । उनले आज पनि दर्शकको सहभागीता बढ्ने बताएका छन । 

स्थानीय वस्तुको बजारीकरण, औद्योगिक वातावरण निर्माण गर्न र पर्यटकियस्थलको प्रचारप्रसारका लागि तुलसीपुर महोत्सवको आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि शुरु भएको महोत्सव १९ गतेसम्म संचालन हुने छ । महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले दैनिकजस्तो महोत्सवमा कारोबार पनि उत्साहजनक हुने गरेको बताएका छन ।

प्रकाशित मिति : २०८२ पुष १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस