दाङ,२० बैशाख । नेपाली गीत-संगीत क्षेत्रमा नयाँ सिर्जना थपिँदै जाने क्रममा “त्यो चादनी” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक अनिक गिरिको स्वर रहेको यस गीतमा कान्त प्रसाद वलिको शब्द सृजना रहेको छ भने बिपिन आचार्यले लय, एरेन्ज तथा मिक्सिङको काम सम्हालेका छन् ।
MD Music स्टुडियोमा रेकर्ड तथा तयार गरिएको उक्त गीतले प्रेम र भावनात्मक कथावस्तुलाई समेट्ने प्रयास गरेको देखिन्छ । म्युजिक भिडियोमा आशा विश्वकर्मा, एच. आर. मगर, दिपक के.सी. र दिपशन खत्रीको अभिनय रहेको छ । भिडियो निर्माण पक्ष पनि उत्तिकै सशक्त देखिएको छ। माही रोका मगरले मेकअपको जिम्मेवारी सम्हालेकी छन् भने लक्ष्मण डी.सी.ले ड्रेस व्यवस्थापन गरेका छन् । छायांकन दोर्ण बस्नेतले गरेका हुन् ।
यसैगरी, भिडियोको सम्पादन प्रबिन भट्टले गरेका छन् भने कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका छन् । झग्गु भण्डारीको निर्देशनमा तयार भएको यो म्युजिक भिडियो दर्शकमाझ नयाँ स्वाद दिन सफल हुने अपेक्षा गरिएको छ । उक्त म्युजिक भिडियो HR CREATION नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै भिडियोले दर्शकको राम्रो प्रतिक्रिया बटुल्ने विश्वास गरिएको निर्माण टिमले जनाएको छ ।
