२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गायिका बालिका पुनको ‘नाचौला बारुली कम्मर भचौला’ सार्वजनिक

दाङ, ९ भदौ । गायिका बालिका पुनको स्वरमा रहेको नयाँ तीज गीत ‘नाचौला बारुली कम्मर भचौला’ सार्वजनिक भएको छ । हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको उक्त गीत बालिका पुनकै शब्द तथा संगीतमा रहेको छ । गीत बालिका पुन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

गीतको भिडियोमा नेलिना मगरको अभिनय तथा आकर्षक प्रस्तुति देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन सरोज रेग्मीले गरेका छन् भने कोरियोग्राफी सन्दीप कुसुम्याले गरेका छन् । भिडियोको छायांकन अभिषेक मल्लले गरेका हुन् भने सहायक क्यामेरामा राजीव चौधरी रहेका छन् ।

त्यस्तै, भिडियोको सम्पादन तथा कलर अभिषेक मल्लले गरेका छन् । तीजको माहोललाई लक्षित गर्दै तयार पारिएको गीतमा नृत्य, संगीत र मनोरञ्जनलाई विशेष प्राथमिकता दिइएको छ ।

गायिका पुनको स्वर, शब्द तथा संगीत संयोजनमा तयार भएको ‘नाचौला बारुली कम्मर भचौला’ तीजको अवसरमा दर्शक श्रोतामाझ नयाँ सांगीतिक प्रस्तुति बनेर आएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस