२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

बाढीपहिरो पीडितका लागि मन्जु खत्रीको झन्डै ३ लाखको राहत सहयोग

दाङ, १३ भदौ । दाङको तुलसीपुरस्थित एमके कलेक्सनकी सञ्चालिका तथा समाजसेवी मन्जु खत्रीले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि झन्डै ३ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेकी छन् ।

रसुवामा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सर्वसाधारण समस्यामा परिरहेका बेला खत्रीले प्रभावित परिवारका लागि चामल, लत्ताकपडा, गुलगोच, चाउचाउ लगायत आवश्यक सामग्री सहयोग गरेकी हुन् ।

यस अघि पनि उनले सरकारले सार्वजनिक गरेको राहत कोषको QR मार्फत १० हजार रुपैयाँ सहयोग गरेकी थिइन् । विपद्को समयमा आफ्नो सामाजिक उत्तर दायित्वलाई आत्मसात् गर्दै उनले पुनः प्रभावित नागरिकलाई प्रत्यक्ष राहत पुग्ने गरी सामग्री सहयोग गरेकी हुन् ।

समाजसेवी खत्रीले विपद्को कठिन परिस्थितिमा सानो ठूलो जुनसुकै सहयोगले पनि पीडित परिवारलाई ठूलो राहत पुग्ने खत्रीले बताएकी छन् । उनले बाढीपहिरो प्रभावित नागरिकको पीडामा मल्हम लगाउन अन्य समाजसेवी, व्यवसायी तथा सर्वसाधारणलाई पनि आफ्नो क्षमता र क्षेत्र अनुसार सहयोगका लागि अघि बढ्न समेत अपिल गरेकी छन् ।

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस