दाङ, १५ भदौ । युथ अफ तुलसीपुरका अध्यक्ष तथा समाजसेवी अरुण लहरेले दाङ तुलसीपुर स्थित महेन्द्र माध्यमिक विद्यालयलाई १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेका लहरेले आफू अध्यक्ष हुँदा विद्यालयलाई वार्षिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धता अनुसार उनले सोमबार विद्यालयमै पुगेर एक कार्यक्रमका बीच नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै लहरेले समाजसेवा गर्न कुनै पदमा रहिरहन आवश्यक नरहेको समेत बताएका थिए । उनले मनदेखि सहयोग गर्ने भावना भए पदमा रहँदा वा पदबाट बाहिरिए पछि पनि विद्यालय तथा समाजका लागि सहयोग गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
लहरेले आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहँदा विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि विभिन्न काम तथा सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि विद्यालयलाई आवश्यक पर्ने सहयोग गर्न आफू तयार रहेको बताए । सहयोग रकम प्राप्त गरेपछि विद्यालय परिवारले समाजसेवी लहरेप्रति धन्यवाद व्यक्त गरेको छ ।
