२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

सीता एयरलाइन्सले माघ २५ गते देखि दाङ – काठमाडौं उडान गर्ने

सीता एयरलाइन्सले माघ २५ गते देखि दाङ – काठमाडौं उडान गर्ने तयारी गरेको छ । यस्तै भाडादरमा पहिले भन्दा समायोजन गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले जानकारी दिएका छन । उनका अनुसार नेपाल एयरलाइन्सको भन्दा १५०० रुपैयाँ भाडा कम गरिएको छ । जस अन्तर्गत ७,९०० भाडादर कायम गर्ने छलफल पनि गरिएको छ ।

नेपाल एयरलाइन्सले हप्तामा चार दिन नियमित उडान भर्दै आएकोमा यात्रुहरूको चाप अनुसार सुरुमा २/ ३ दिन र यात्रु प्रसस्त पाएमा प्रत्येक दिन पनि उडान भर्न सकिने सीता एयरका महाप्रबन्धक राजेन्द्र बहादुर सिंहले जानकारी दिएका छन ।

बुधबार उपमेयर स्यानी चौधरी ,तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, बरिष्ठ उपाध्यक्ष मीनराज भण्डारी, सिता एयरका प्रतिनिधि ,स्थानीय सामुदायिक वनका अध्यक्ष, पत्रकार सहितको टोलीले स्थलगत रुपमा निरीक्षण गर्दै तत्काल सुधार गर्नु पर्ने रूख छटानी, घरको छतमा रहेका पाइपहरू काट्ने र धावनमार्ग बाहिर ग्राभेल गर्ने जस्ता कामहरू सुरु जनाएको छ ।

२४ गते सम्म सबै काम सम्पन्न गर्ने र २५ गते दिउँसो उडान भर्ने गरि उद्घाटन गरिने एयरलाइन्सले जनाएको छ । यस अघि सीता एयरले माघ १३ गते परिक्षण उडान गरिसकेको छ ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस