२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

शहिदहरुको शालिक फोडिएकोमा वाईसिएल दाङको आपत्ति

योङ्ग कम्युनिस्ट लिग दाङका संयोजक माधब बुढाथोकी , इन्चार्ज अम्मर नेपाली माइकल, र सचीव अनिल शेर्पाइलीले संयुक्त विज्ञप्ति निकालेर घोराही उप–उपमहानगरपालिका वडा नं. १४ झिगौँरा स्थित सहिदहरु पृथ्वी चौधरी, ओमभक्त चौधरी र लौटन चौधरीको शालिक माघ २० गते तोडफोड भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

“दश वर्षे महान जनयुद्दको दौरान देशको आमूल परिवर्तन, सामाजिक रुपान्तरण र न्यायको लागि आफ्नो ज्यानको वलिदानी गर्नु भएका महान सहिदहरुको शालिक तोडफोड गर्नु अराजनैकि एवम अपराधिक गतिविधी हो,” विज्ञप्तिमा भनिएको छ, ” तसर्थ शालिक तोडफोड कार्यमा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन हुनका लागि हामी स्थानीय प्रशासन संग जोडदार माग गर्दछौ ।”


योङ्ग कम्युनिस्ट लिग दाङले सहिदहरुको शालिक अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै पार्कको उचित व्यवस्थापन, पुर्ननिर्माण र पार्कको उचित संरक्षण तत्काल गर्नका लागि सम्वन्धित सवैमा हार्दिक अपिल गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस