२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

रसुवा बाढीपीडितको उद्धार र राहतमा जुट्न तरुण दल तुलसीपुरको अपिल

दाङ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको घटनाप्रति नेपाल तरुण दल तुलसीपुर नगरले दुःख व्यक्त गरेको छ । 

तरुण दलले बाढीमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । 

तरुण दलले आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सुरक्षा निकाय सँग समन्वय गरी उद्धार तथा राहत संकलनमा सक्रिय सहभागी हुन आह्वान गरेको छ । साथै, नदी तथा खोलाको किनार र जोखिमयुक्त क्षेत्रमा नजान तथा सुरक्षा निकायको निर्देशन पालना गर्न नागरिकलाई अपिल गरेको छ ।  अपिल नेपाल तरुण दल तुलसीपुर उपमहानगर कार्यसमितिका अध्यक्ष कमल घर्ती र सचिव अजय बुढाथोकीद्वारा जारी गरिएको हो ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस