२०८३ भाद्र २४ गते बुधवार | 2026 September 9th Wednesday

लघु चलचित्र ‘एक्लो नारी’ चाँडै सार्वजनिक हुँदै

दाङ, २३ भदौ । वास्तविक तथा भावनात्मक कथावस्तुमा आधारित लघु चलचित्र ‘एक्लो नारी’ चाँडै सार्वजनिक हुने भएको छ । महिलाले समाज र जीवनका विभिन्न परिस्थितिमा भोग्नुपरेका पीडा, संघर्ष तथा मौनतालाई कथामार्फत प्रस्तुत गरिएको चलचित्र निर्माण टिमले इगल खबर लाई  जनाएको छ ।

हरेक महिलाको जीवनमा लुकेका भावना र मौन पीडालाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको ‘एक्लो नारी’ ले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा समेत गरिएको छ । चलचित्रले महिलाको संघर्ष, संवेदना र समाजमा उनीहरूले सामना गर्नुपर्ने परिस्थितिलाई कथाको माध्यमबाट प्रस्तुत गरिएको छ । लघु चलचित्रको कथा, निर्देशन तथा सम्पादन अभिषेक मल्लले गरेका छन् । छायांकन राजिब चौधरीले गरेका हुन भने सहायक छायाङ्कनमा समीर चौधरीले गरेका छन ।

चलचित्रमा कमल गाउले, सुहाना ओलि, अभिषेक मल्ल, कोपिला के ऐ र अर्जुन रोका मगर लगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै मेकअप अनु गिरिले गरेकी छन् ।

‘एक्लो नारी’ को पोस्ट प्रोड्क्सन स्मार्ट फिल्म्स स्टुडियोमा गरिएको हो । चलचित्रको सार्वजनिक मिति भने निर्माण पक्षले चाँडै घोषणा गर्ने तयारी गरेको छ । महिलाको मौनता र भावनाभित्र लुकेको वास्तविक कथालाई पर्दामा उतार्ने प्रयास गरिएको यस लघु चलचित्रले दर्शकको मन छुने विश्वास समेत निर्माण टिमले लिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस