२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

आकाश भण्डारी ‘श्री पाँच’द्वारा साथ, सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त

दाङ, १४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ बाट युवा पुरुष तर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार आकाश भण्डारी ‘श्री पाँच’ले आफ्नो उम्मेदवारीका क्रममा साथ, समर्थन र सहयोग गर्ने सम्पूर्ण प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

भण्डारीले आफ्नो उम्मेदवारीलाई विश्वास गर्दै समर्थन गर्ने वडा सभापतिज्यूहरू, क्षेत्रीय प्रतिनिधिज्यूहरू, पालिका सभापतिज्यूहरू, पार्टीका नेता तथा कार्यकर्ताहरू, शुभेच्छुक, समर्थक एवं प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका हुन् ।

निर्वाचन प्रक्रियामा आफ्नो पक्षमा उभिएर हौसला, सुझाव, प्रचार प्रसार तथा विभिन्न माध्यमबाट सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै उनले प्राप्त साथ र विश्वासलाई आगामी दिनमा जिम्मेवारी पूर्वक आत्मसात् गर्ने बताएका छन् ।

भण्डारीले आफूलाई सहयोग गर्ने सबैको योगदानलाई सम्मान गर्दै नेपाली कांग्रेसलाई अझ सुदृढ, गतिशील र युवामैत्री बनाउन आफ्नो तर्फबाट निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले निर्वाचनका क्रममा साथ दिने सबैप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै माया, सद्भाव, साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस