२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

मन्जित पुनद्वारा साथ, समर्थन र सहयोग गर्ने सबैप्रति हार्दिक आभार

दाङ, १४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार मन्जित पुनले आफ्नो उम्मेदवारीका क्रममा साथ, समर्थन, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेका छन् । पुन तुलसीपुर ५ निवासी तथा एन्फा फुटबल प्रशिक्षक संघका केन्द्रीय सदस्यसमेत हुन् । 

निर्वाचन प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने वडा सभापति, क्षेत्रीय प्रतिनिधि, पालिका सभापति, पार्टीका नेता – कार्यकर्ता, युवा साथीहरू, शुभेच्छुक तथा सम्पूर्ण समर्थकप्रति पुनले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

युवाहरूलाई नेतृत्वमा अघि बढाउनु पर्ने धारणा राख्दै उम्मेदवारी दिएका पुनले आफूलाई प्राप्त माया, विश्वास र सहयोगलाई आगामी दिनमा जिम्मेवारीका रूपमा लिने बताएका छन् । उनले निर्वाचनका क्रममा साथ दिने सबैप्रति पुनः धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर साथ, सद्भाव र सहयोगको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस