२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

गायिका टिका सानुको नेतृत्वमा बन्दै घर

अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखा तथा लोक तथा दोहोरी गायिका टीका सानुको पहल दाङमा विभिन्न ठाउँका गरिव दुखी र बिपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएको व्यहोरा सर्बबितितै छ । त्यस्तै क्रममा अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच. आर. मगर र गायिका टिका सानुले केहि महिना अघिमात्र दाङ तुलसीपुर १६ मा कोठा भाडामा बस्दै आएका चन्द्रलाल बि.क.को परिवारलाई २ लाख ५९ हजार आर्थिक सहयोग गरेला थिए | नेपाली गित संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी टीका सानूले पछिल्लो समयमा सामाजिक कार्यमा पनि निकै अग्रसर देखिन्छिन ।


हाल उनै गायिका टीका सानुको नेतृत्वमा तुलसीपुर १६ मा कोठा भाडामा बस्दै आएका चन्द्रलाल बि.क.को घर बन्ने भएको छ | आज एक कार्यक्रमका बीच बि.क.को घर निर्माण कार्यको सिलान्यास गरिएको छ | तुलसीपुर घोराही सडक खण्डको तुलसीपुर ७ पर्सेनीमा निजको घर बनाउन लागिएको र सो घरको सिलान्यास तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष श्री राम बहादुर जी.सी.र गायिका टिका सानुले सिलन्यास गरेका हुन् |

सो अवसरमा बोल्दै वडा अध्यक्ष जी.सी.ले उक्त कार्यको प्रसंशा गर्दै आफ्नो तर्फा बाट पनि आफुले पाउदै आएको तलब बाट सक्दो सहयोग गर्ने र व्यक्तिगत तर्फा बाट ४०/५० बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् |
उक्त अबसरमा लोकदोहोरी गायक मान सिंह खड्काले पनि आफ्नो व्यक्तिगत रुपमा रु दुइ हजार सहयोग गरेका छन् र यदि कोहि त्यस्तो सहयोगी मन भए निज बि.क परिवारलाई सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् | सो अबसरमा बोल्दै गायिका टीका सानु पछिल्लो समयमा सामाजिक कार्यमा पनि निकै अग्रसर भएर दाङका बिपन्न परिवारलाई आफ्नो पहलमा सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको बताउछिन | हाल उक्त घर निर्माणको लागि पनि आफु संग पर्याप्त रकम नभएको तर पनि विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट सहयोग पाउने आशाका साथ जम्मा दुइ लाख दस हजार रुपैया बाट उक्त घर बनाउने काम थालिनी गरेको उनले बताइन | साथै सोहि कार्यक्रममा नेपालमा विभिन्न क्षेत्रमा काम गर्दै आयको अस्ट्रेलियन अन्तरास्ट्रिय संस्था छाया नेपालले पनि आफुले सक्दो सहयोग गर्ने बचन ब्यक्त गरेको छ |

अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच.आर.मगरको स्वागत मन्तब्य,लोक तथा दोहोरी गायिका टीका सानुको अध्यक्षता एवं तुलसीपुर उप-महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम बहादुर जी.सी. प्रमुख आतिथ्यमा सम्पन्न भयको कार्यक्रम अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाका सचिब भिम बहादुर वलीले गर्नु भयको थियो |

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस