२०८३ साउन २८ गते बिहिवार | 2026 August 13th Thursday

राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुदैन-गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिकलाई सफा नगरे मुलुक परिवर्तन नहुने बताउनुभएको छ।

बुधबार काठमाडौंमा आयोजित ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुन नसक्ने भएकाले राजनीति सफल गर्ने अभियानमा आफु लागेको बताउनुभएको हो।

त्यस्तै मन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा लगाएत प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिएको भन्दै तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई उन्मुक्ति नदिइने पनि स्पष्ट पार्नुभएको हो ।

उहाले अहिले व्यक्ति भन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जिकिर गर्दै राष्ट्र र जनताबिरुद्ध भएका कामको प्राथमिकताका आधारमा अनुसन्धान अघि बढाइने पनि जानकारी दिनुभयो छ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस