२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

चौवेको पहलमा विश्वविद्यालयको परीक्षा तालिका निकालिने

तुलसीपुर,२३ साउन । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेदमा स्नातक(बाम्स)मा अध्ययनरत अभयप्रताप चौवेको पहलमा आन्दोलन भएपछि विश्वविद्यालयले परीक्षाको कार्यक्रम अगाडी बढाउने भएको छ ।
विगत दुई महिनादेखि बिभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि विश्वविद्यालयले परीक्षा तालिका निकाल्न र परीक्षा फल प्रकाशन गर्न सकेको थिएन । त्यसैलाई मध्येनजर गरि चौवेको पहलमा आयुर्वेदमा अध्ययनरत विद्यार्थीहरुले सोमबार धर्ना दिएका थिए । तर, त्यसलाई कुनै चासो नदिएपछि मंगलबार रजिष्ट्रारको आवासमा गएर दवाव सिर्जना गरेका थिए । सोही दवावको फलस्वरुप अबको तीन दिन भित्रमा परीक्षा तालिका सार्वजनिक गर्ने र परीक्षाफल प्रकाशन गर्ने सहमति भएको चौवेले बताए ।
‘लाखौं खर्च गरेर विद्यार्थीहरु पढ्न आएका हुन्छन्, तर, तालाबन्दीको नाममा विद्यार्थीहरुको भविष्य माथि खेलवाड हुन थाल्यो’,उनले भने‘यो विद्यार्थीकालागि सह्य नभएपछि मैले पहल लिएर आन्दोलन गरेपछि यो उपलब्धी हाँसिल भयो ।’

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस