२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

जिल्ला मै उत्कृष्ट गोरखा मावि तुलसीपुर

दाङ, ३२ साउन । गोरखा माध्यामिक विद्यालय तुलसीपुर कक्षा १२ को व्यवस्थापन सङ्कायमा जिल्ला मै उत्कृष्ट भएको छ । विद्यालयमा अध्ययनरत समीक्षा हमालले जिल्लामै सबै भन्दा बढि ३.९१ जीपीए ल्याएर उत्कृष्ट भएको व्यवस्थापन सङ्काय प्रमुख डम्बर डाँगीले बताका छन। त्यस्तै व्यवस्थापन समुहमा २०८ विद्यार्थी मध्ये ३३ जनाले ३.६१ देखि ३.९१ जीपीए ल्याएका छन् ।

त्यस्तै ११९ जनाले ३.२१ देखि ३.६०, ६० जनाले २.८१ देखि ३.२१ र ४ जनाले २.४८ देखि २.८० जीपीए ल्याएका छन् । गोरखा मावि तुलसीपुर विगतमा नेपालकै पाँचौं पनि भएको थियो । साथै, विज्ञान समूह तर्फ २४० जना विद्यार्थी मध्ये १०४ जनाले जनाले ३.६१ देखि ३.९१ जीपीए ल्याएको विद्यालयले जनाएको छ । त्यस्तै १२३ जनाले ३.२१ देखि ३.६०, १३ जनाले २.९३ देखि ३.२० जीपीए ल्याएका छन् ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस