२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृ २६ लाख नगद सहित पक्राउ

दाङ, २५ भदौ ! आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।
बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार नेपालगन्ज विमानस्थलबाट उनलाई प्रहरीले २६ लाख नगद रुपैयाँसहित पक्राउ गरिएको हो ।
स्रोत पहिचान नभएको उक्त रकम बोकेर हिडेको सूचना पाएपछि नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।

विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए । चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली रु. २६ लाख रुपैयाँ बरामद भएको हो ।

अर्को अधिकृत पौडेल भने फरार भएको बाँके प्रहरीले जनाएको छ । उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस