२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

९ वर्षीय बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ, १० असोज । दाङमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक रहेका छन् । बालिकाका परिवारले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा विकलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले हिजो मंगलबार दिउँसो पक्राउ गरेको हो। यस बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस