२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

प्यूठान डान्सिङ स्टारको फाईनमा १५ जना प्रवेश, फाईनल कार्यक्रम कार्तिक ४ गते हुने

दाङ, १४ असाेज । प्यूठानमा जारी तेस्रो संस्करणको प्युठान डान्सिङ स्टार २०८० फाईनलमा प्रवेश गरेको छ । चौथो अर्थात सेमिफाईनल चरणको प्रतिस्पर्धामा ३० जनाले आफ्नो प्रस्तुति देखाएका हुन् । जस मध्ये १५ जना मात्रै फाईनल चरणमा प्रवेश गरेका छन् ।

डान्सिङ स्टारका संयोजक दिपक बर्माले शनिवारको प्रस्तुतीबाट १५ जना फाईनलका लागि छनौट भएको जानकारी दिएका छन । फाईनल चरणमा छनौट हुनेहरुमा अनमोल गृप, जुना गहतराज, अस्मिता थापा, एनिसा बिस्ट, कृति केसि, राधा बिक, जेनिसा जिएम, प्रतीक्षा केसी, शाइना सुनार, संझना जिसि, बिपासा थापा, दिपज्वती गृप, अन्जली सुनार, सविना जिसी र मनिसा जिसी छन् ।

शनिबार छनौट भएका प्रतियोगिहरुले आउदो कार्तिक ४ गते विहान १० बजेबाट बाग्दुलामा हुने कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गर्न पाउने छन् । सो प्रस्तुतीबाट ‘प्युठान डान्सिङ स्टार-सिजन 3 को ’ घोषणा गरिनेछ । प्रतियोगितामा मुना केसी र अनुप बुढामगर निर्णायकको भूमिकामा छन् ।

डान्सिङ स्टारको उपाधि जित्नेले नगद ५० हजार रुपैयाँ, द्धितीय हुनेले नगद ३० हजार रुपैयाँ र तृतीय हुनेले नगद २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । सान्त्वना हुनेलाई म्युजिक भिडियोमा अबसर दिईने संयोजक दिपक बर्माले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस