२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

जिल्लामै पहिलो पटक म्याडमा कबडी खेल खेलाउदै कपुरकोट गाउँपालिका

सल्यान, २३ मंसिर । कपुरकोट गाउँपालिकाले सल्यान जिल्लामै पहिलो पटक कपडी र्फममा कपडी खेलाको छ ।  गाउँपालिका स्तरीय पाचौं राष्टपति रनिङ सिल चलिरहेको छ यहीँबेला कपुरकोट गाउँपालिकाले जिल्लामै पहिलोपटक कपडी खेल म्याडमा खेलाएको हो ।

खेल मैदानमा खेल खेलाउदा खेलाडी हरुलाई चोटपटक लाग्ने जस्ता समस्यालाई न्यूनीकरण गर्दै आफुहरुले समय संगै प्रविधिको बिकास गर्नु पर्ने सोचका साथ यो पटक कपडी प्रतियोगिता कपडि र्फमा खेलाइएको कपुरकोट खेलकुद विकाश समितिका अध्यक्ष शेर बहादुर पुनले बताएका हुन । 

यस्तै उनले समय र प्रविधि संगै अगाडि बढ्दा नयाँ युवाहरू खेलप्रति आकर्षित देखिएको बताएका छन् । संगै यस्ता रचनात्मक कार्यले  खेल क्षेत्रमा संगै सम्पुर्ण क्षेत्रमा चौतर्फी बिकाश हुनेमा दुईमत नरहने समेत उनले  बताएका हुन् !

यस्तै खेलाडीहरुले पनि आफुहरु गाउँपालिका स्तरीय प्रतियोगितामा पनि र्फममा खेल खेल्न पाउदा धेरै खुसी भएको र खेलप्रति अझै आफुहरुलाई हौसला प्रदान भएको बताएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस