२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

विमितको मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

दङ, १८ पुस । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड नेपालगंजले मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १ बाँकेका विमित ५८ वर्षिय गिता बढहीको मृत्यु पश्चात उनको नाममा रहेको विमा सुविधावापतको रकम उपलब्ध गराइएको छ ।

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेडको क्षेत्रीय कार्यालय नेपालगन्जमा आज एक कार्यक्रमका विच मृतकका छोरा अमर नाथ बढईलाई रु पाँच लाख २९ हजार एक सय ६७ बराबरको चेक क्षेत्रीय प्रबन्धक दिपक कुमार वलीले हस्तान्तरण गरेका हुन ।

मृतक बढहीको दुई वर्ष नपुग्दै मृत्यु भएपछि विमाको सुविधा वापतको रकम उपलव्ध गराएको अभिकर्ता आलोक मिश्रले बताएका हुन । 

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस