२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

महोत्सवमा भायनेटको फ्रि वाइफाइ

दाङ, २५ माघ । तुलसीपुरको हात्तिखौवास्थित सञ्चालन भइरहेको तुलसीपुर महोत्सव २०८० मा भायनेट कम्युनिकेशन प्रा.लि. तुलसीपुर शाखाले निशुल्क वाइफाइ सेवा प्रदान गरेको छ । माघ २४ देखि फाल्गुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा निशुल्क वाइफाइ नेट सेवा दिएको शाखा प्रमुख विकास बस्यालले जानकारी दिए । 

महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई इन्टेरनेट सेवा प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले भायनेटको फाइफाइ प्रदान गरिएको शाखा प्रमुख बस्यालले बताए । महोत्सव अवधिभर तुलसीपुर उद्योग वाणिज्य संघमा दर्ता भएका सम्पूर्ण व्यापारी, व्यवसायीहरुलाई विशेष थप सेवासहित जुनसुकै प्याकेजको बार्षिक ग्राहक बन्न चाहेको खण्डमा थप दुई महिनाको बोनस स्वरुप सेवा उपलब्ध गराउने बस्यालले बताए ।

भायनेट कम्युनिकेशन प्रा.लि.ले विभिन्न सामाजिक कार्यहरुमा निशुल्क वाइफाइ नेट सेवा प्रदान गर्दै आएको र तुलसीपुर शाखाले यसअघि तुलसीपुरको अरनिको मैदानमा सञ्चालन भएको महायज्ञमा पनि निशुल्क वाइफाइ नेट सेवा प्रदान गरेको थियो ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस