२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कमलपोखरी योग साधना केन्द्र भुह्याँर थान हलको उद्घाटन

दाङ, १६ असार । तुलसीपुर रजौरामा निर्माण भएको कमलपोखरी योग साधना केन्द्र भुह्याँर थान हलको शनिवार उद्घाटन गरिएको छ । उक्त भवन लुम्बिनी प्रदेश सरकारले आव २०७९/०८० मा विनियोजन गरेको २० लाख बजेटबाट निर्माण भएको हो ।

प्रदेश सरकारले उक्त रकम दुई किस्तामा उपलब्ध गराएको थियो । भवनको उद्घाटन पतञ्जली योग समिति लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार देवराज आचार्यले गरेका थिए । कार्यक्रममा बोल्दै स्थानीयबासी तथा कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष दीपक न्यौपानेले आफ्नो ठाउँमा भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै यसले स्थानीय स्तरमा आयोजना हुने विभिन्न खालका कार्यक्रम सम्पन्न गर्न सहजता हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा कमल पोखरी योग साधना केन्द्रमा ९ सदस्यीय कार्यसमिति जसमा अध्यक्ष बलदेब रजौरे, माया के सी उपाध्यक्ष , भागीराम वली कोसाध्यक्ष , बामदेब बिस्ट सचिब अनि क्रमशः नारायण अधिकारी,पुर्णिमा ज्ञवाली,लोक कुमारी बस्नेत,शान्ता डाङी, गोबिन्द चौधरी सदस्य चयन भएका थिए । र झग्गु प्रशाद पोख्रेल ,दिपक न्योउपाने,मनोज रेग्मी , अम्मर चौधरी,टेक बहादुर के सी.,माया देबि सापकोटा र मान बहादुर चन्द गरि ७ सदस्यीय सल्लाहकारहरु  समिति सर्वसम्मतरुपले चयन गरिएको थियो । 

केन्द्रका अध्यक्ष बलदेव रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव बामदेव विष्टले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस