२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

खैरो हिरोइन सहित सल्यानमा दुई जना पक्राउ

सल्यान, २५ साउन । सल्यानमा खैरो हिरोइन सहित २ जना पक्राउ परका छन् । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका २ का ३० वर्षीय विनय बुढाथोकी र शोही ठाउँका सुरज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिएका छन । जिल्लाको शारदा नगरपालिका ८ सिमखर्क स्थित खलंगा सल्लीबजार सडक खण्डबाट दुई जनालाई खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सुरज विश्वकर्माले लगाएको ज्याकेटमा मेगाश्रीको खोलभित्र लुकाई राखेको अवस्थामा खानतलासी गर्ने क्रममा १५० मि.ग्रा खैरो हिरोइन फेला पारि उनि हरुलाई सल्यान जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस