२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

वडाध्यक्ष भण्डारीमाथि हातपातको प्रयास गर्ने युवाहरुले मागे माफी

दाङ, २२ भदौ । तुलसीपुर उपमहानगरपालिका – ६ का वडाध्यक्ष ३५ बर्षीय दुजमान भण्डारी (बर्षात) माथि हातपातको प्रयास गर्ने युवाहरुले माफि मागेका छन् । तुलसीपुर – ७ स्थित खर्चवा स्कूलमा तीजका दिन बेलुकी ६ बजेतिर नाचगान चलिरहेको समयमा स्थानीय दिपेन्द्र एमसी, श्यामराज घिमिरे, प्रबिण रिजाल लगाएका युवाहरुले वडाध्यक्ष भण्डारीमाथि हातपातको प्रयास गरेका थिए ।‘ मदिरा सेवन गरेका युवाहरुले हो–हल्ला गर्न थालेपछि मैले संझाउन खोज्दै उल्टै मै माथि उनीहरु जाइ लाग्न थालेका थिए,’ वडाध्यक्ष भण्डारीले भने ‘ त्यतिखेर सामान्ने रुपमा हातहालाहालको अवस्था भएको थियो ।’

अनजानमा र नचितेका कारणले आपसमा ठेलम ठेल तथा सामान्ने हातहालाहालको अवस्था भएपछि वडाध्यक्ष भण्डारी इलाका प्रहरी कार्यालयमा पुगेका थिए । शनिबार बिहान वडाध्यक्ष भण्डारी माथि कुटपिटको प्रयास गरेका युवाहरुले माफी मागेपछि कुरा मिलेको प्रहरीले बताएको छ ।

‘कुनै रिसिबी वा योजनाका कारणले उनीहरुले त्यसो गरेका रहेनछन्,’ वडााध्यक्षले भण्डारीले भने ‘ उनीहरुले आँफुलाई नचिनेका कारण घटना भएको भन्दै माफी मागेपछि कुरा मिलेको हो ।’आँफुले पनि त्यो घटनालाई आकस्मिक र सामान्ने घटनाका रुपमा लिएको वडाध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस