२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्डबाट सम्मानित

दाङ, ९ कार्तिक । दाङ तुलसीपुर स्थित ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

यही कार्तिक ७ गते अस्ट्रेलियामा सम्पन्न भएको उक्त अवार्डमा उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, कलेज ले विभिन्न समयमा ल्याउने गरेको उत्कृष्ट नतिजाको आधारमा ज्ञान दीप कलेजलाई एजुकेसन अवार्ड प्रदान गरिएको हो । 

ज्ञान दीप कलेजका भाइस प्रिन्सिपल मनोज केसी र एकेडेमिक कोर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । कलेज उत्कृष्ट नतिजाकै आधारमा देशमै उत्कृष्ट ७ औ स्थानमा पर्न सफल भएको थियो । अवार्ड कार्यक्रममा देशैभरिका कलेजहरुकाे सहभागिता रहेको थियो ।

कलेजले विभिन्न समयमा उत्कृष्ट अवार्डहरू प्राप्त गर्दै आएको छ । पश्चिम नेपालमै उच्च व्यवस्थापनका साथ सञ्चालन भइरहेको कलेजले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस