२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

सञ्चार तथा प्रविधिमन्त्री शर्माको पहिलो निर्णय यस्तो

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छिन ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन ।

उनले सार्वजनिक संस्थानहरुमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसक्दा समस्या परेको भन्दै ति सबैलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड समेत दिईन । उनले सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडि बढाउने पनि स्पष्ट पारेकी थिईन ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस