दाङ, ८ पौष । लोकप्रिय गायिका शान्तिश्री परियार र खकेन्द्र केसीको सुमधुर आवाजमा ”मायाको फैसला” गीत आज भर्खरै मात्र बजारमा आएको छ ।
लोकप्रिय गायिका शान्तिश्री परियार र खकेन्द्र केसीको स्वरमा सजिएको मायाको फैसला गीतमा मन्जित पहाडीको लय, गणेश अधिकारिको शब्द, पूर्ण संयोगको एरेञ्ज रहेको गीतलाई गोबिन्द पराजुली र सागर बाजुरालीले रेकर्ड गरेका हुन । राजेन्द्र बाजुराली ले इडिट गरेका हुन भने खडक बाजुरालीको मिक्सिङ्ग रहेको गीतलाई मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।
निशान बानियाँको कथा निर्देशनमा बनेको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका छन । भने भिडियोको सम्पादन दिपक बिष्टले गरेका छन्, भिडियोमा जुना बिश्वकर्मा र भुपेन्द्र घर्ति मगरको अभिनय रहेको छ ।
प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार