२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी र बागमती प्रदेशमा वर्षको सम्भावना

दाङ, ९ पौष । आज (सोमबार) रातिदेखि पश्चिम नेपालमा वर्षाको सम्भावना छ । मंगलबार भने देशभर बादल लाग्ने भएकाले जाडो बढ्ने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण सोमबार राति र मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही तथा बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि आकलन गरिएको छ । त्यसबाहेक कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा वर्षा हुने देखिन्छ ।

यो प्रणालीको बढी असर गण्डकीसम्म पर्ने देखिन्छ, तर भोलि दिनभर जसो देशका धेरै ठाउँमा बादल लाग्ने भएकाले जाडो बढ्छ,’ मौसमविद् लामिछानेले भने, ‘अधिकतम र न्यूनतम दुबै तापक्रम घट्ने भएकाले न्यानो लुगा लगाएर हिँडडुल गर्न अनुरोध छ ।’

तराई र पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडीसँगै हिमाली क्षेत्रमा हिमपात पनि हुने भएकाले केही दिन जाडो बढ्ने आकलन महाशाखाले गरेको छ । आइतबारको तुलनामा सोमबार जाडो बढेको छ । बुधबार भने मौसममा सुधार हुने देखिन्छ ।

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस