२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

चौतर्फी दवावपछि प्रहरीले गर्यो जुवाडेको नाम सार्वजनिक

दाङ, २१ पुष । तुलसीपुरमा दुई लाखबढी नगदसहित पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छ । शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ लाइनमा रहेको गौरव वलीको घरमा अवैधरुपमा जुवा तास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा तुलसीपुर –५ का घरधनी ४४ वर्षका गोर्ख बहादुर वली (गौरव), सोहि ठाँउका ६५ वर्षका मिनराज ओली, ४२ वर्षका लिला बहादुर वली, ५५ वर्षका लालबहादुर गुरुङ, ३२ वर्षका नवीन ओली, वर्ष ४४ का पूर्णबहादुर डाँगी, ४० वर्षका ओमकार ओली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिएका छन ।

यस्तै जुवाको खालबाट चितवनको भरतपुर उपमहानगरपालिका– २१ वर्ष ४३ का पुष्पराज घिमिरे र सानोभेरी गाउँपालिका–८ रुकुम पश्चिमका ४१ वर्षका नवराज वली रहेको प्रहरी निरीक्षक खत्रीले बताएका छन । पक्राउ परेका सबै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस