दाङ, २५ पुष । तुलसीपुर नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ हुने भएको छ । अमर मावि उरहरीको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा माघ १५ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिता अमर माध्यमिक विद्यालय उरहरीको खेल मैदानमा हुनेछ । प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा निजि विद्यालयको सहभागिता रहनेछ ।
यसैबिच प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको अमर माबी उरहरीले रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तिब्र पारेको छ । प्रतियोगितालाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न आयोजक अमर माबीले टोल विकास संस्था, स्थानिय संघसंस्था तथा बुद्धिजिवीको भेला आयोजना गरि विभिन्न उपसमितिहरु गठन गरेको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिएका छन । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा भएको भेलाले उपसमिति गठन गरेको हो ।
भेलाले शिक्षक देव बहादुर वलीको संयोजकत्वमा मञ्च ब्यवस्थापन,डम्बर भण्डारीको संयोजकत्वमा खेलकुद सञ्चालन,निर्मल कुमार वलीको संयोजकत्वमा स्वंयमसेवक परीचालन,रीता चौधरीको संयोजकत्वमा साँस्कृतीक,यज्ञ बहादुर अधिकारीको संयोजकत्वमा प्रमाण पत्र तयारी तथा ब्यवस्थापन, शुष्मा भण्डारीको संयोजकत्वमा स्काउट तथा जुरेस ब्यवस्थापन,देव नारायण भण्डारीको संयोजकत्वमा आवास व्यवस्थापन,मान बहादुर रावतको संयोजकत्वमा सुरक्षा ब्यवस्थापन,होताराम बस्नेतको अध्यक्षतामा अतिथी सत्कार,चुर्ण बहादुर रावतको संयोजकत्वमा आर्थिक संकलन समिति,टिकाराम न्यौपानेको संयोजकत्वमा भान्सा ब्यवस्थापन समिती गठन गरिएको प्रधानाध्यापक वलीले जानकारी दिए ।
भेलामा बोल्दै प्रमुख अतिथी रावतले यस बर्षको रनिङ शिल्ड विशेष हुने बताए । उनले खेलाडी,अतिथीलाई खाना र आवास सहित साँझ सांस्कृतीक कार्यक्रमको ब्यवस्था यस बर्षको रनिङ शिल्डमा आयोजना गरिएको उनले बताएका थिए । भेलामा कांग्रेसका हेम बहादुर वली,एमालेका सोमिलाल चौधरी,माओवादीका गजाधर चौधरी,रास्वपाको पवित्रा केसी,पुर्व विब्यस अध्यक्ष लोकजङ शाह,स्वास्थ्य चौकी बेलटाकुराका चित्र बहादुर वली,खेलकुद पत्रकार जिल्ला अध्यक्ष लक्ष्मण बस्नेत लगायतले बोलेका थिए ।
विद्यालयले प्रतियोगिता सञ्चालनको लागि खेल मैदान तयार, प्रशिक्षकको ब्यवस्थापन,आर्थिक संकलन लगायतका कामहरु अघि बढाएको विद्यालयका प्रधानाध्यापक वलीले जानकारी दिए । भेलाको सहजिकरण शिक्षक यज्ञ बहादुर अधिकारीले गरेका थिए ।