२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सवको तयारी पुरा

दाङ, २७ पुष । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को सम्पुर्ण तयारी पुरा भएको महोत्सव मुल समितीका सयोजक अजय बुढाथोकीले जानकारी दिएकाछन । पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको उद्घाटन दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्ने मुल आयोजक समितीले बताएकोछ ।

दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि महोत्सव अयोजना गरीएको आयोजक फ्रेन्ड्स स्केट जोन प्रा.लिले जानकारी गराएकोछ ।

१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति  स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु  रहनेछ्न ।मेलामा प्रबेश सुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएकोछ । आइतबार भोलि उद्घाटनहुने महोत्सवमा उपस्थितिका लागि सबैमा निमन्त्रणा गरीएको मुल आयोजक समितिले बताएकोछ । स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफलपार्न सवैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितीले सवैमा  आग्रह गरेकोछ ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस