२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

दंगीशरण महोत्सबको तेस्रोदिन ५ हजार बढिले अबलोकन गरे 

दाङ, १ माघ । प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को मङ्गलवार ५ हजार बढिले अबलोकन गरेको महोत्सव मुल आयोजक समितीका सयोजक अजय बुढाथोकीले जानकारी दिएका छन ।

१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति  स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु  रहेका छन । मेलामा प्रबेश सुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएकोछ ।

मङ्गलवार भोलि चर्चित गायक हेमन्त शर्म, चौधरी गायिका रचना चौधरी लगायतका कलाकरहरुको प्रस्तुती रहने मुलआयोजक समितिले बताएकोछ । स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफलपार्न सवैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितीले सवैमा आग्रह गरेकोछ ।

प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस