२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

गुरु जजुर मावि कक्षा १०`E´सेक्सनका विद्यार्थी द्वारा ब्याग वितरण 

दाङ, २ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं.४ स्थित गुरु जजुर मावि कक्षा १०`E´ सेक्सनमा अध्यन रत विद्यार्थीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई ब्याग वितरण गरेका छन् ।

आफूहरु कक्षा कोठामा अनउपस्थित हुँदा उठाएको फाइनबाट आज आफ्नै स्कुलमामा अध्यनरत कक्षा १ देखी ३ सम्मका गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाई एक एक ब्याग वितरण गरेका हुन् ।

कक्षा कोठामा आफुहरु उपस्थिति नहुदा उठाएको पाइनले बिद्यालय भित्रै केहि संदेश मुलक सकारात्मक कार्य गर्नु पर्छ भन्ने उद्देश्यले आफुहरुले बिहान प्रार्थनाको समयमा नै साना साना १५ जना गरिब तथा जेहेन्दार विद्यार्थी भाइबहिनीहरुलाइ आफू हरुले ब्याक वितरण गरेको एक विद्यार्थीले बताए ।

यस्तै कक्षा शिक्षक लक्ष्मी अधिकारीले विद्यार्थीहरु आफैले आफू र आफ्नो साथीहरू कक्षा कोठामा अनउपस्थित हुदा फाइन लाग्ने निर्णय गरेका थिए त्यही अनुरुप आज विद्यार्थीहरुले अब कक्षा १० को परिक्षा नजिकिदै गर्दा आफुहरुले उठाएको फाइन बाट गरिब तथा जेहेन्दार सानासाना नानीबाबु हरुलाई केहि राहत होस् भने उद्देश्यले ब्याक वितरण गर्ने निर्णय कक्षामा ल्याउदा कक्षा शिक्षकको नाताले आफुले यस् कार्यलाई सहजीकरण गर्देको बताएका थिए ।

यस्तै उनले विद्यार्थीको यो निर्णयले बिद्यालयमा सकारात्मक प्रभाव छाडेको र आफू बिद्यालयमा उपस्थिति नहुदा फाइन लाग्छ भन्ने सोचले पनि विद्यार्थीहरुलाई दैनिक कक्षा कोठामा उपस्थिति गराउनेमा ठुलो मद्दत पुगेको र विद्यार्थीहरूको पढाई प्रति रुचि बढेको समेत बताएका हुन ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस