२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

महोत्सवमा आज कलाकारहरुको धमाकेदार प्रस्तुति रहने:यी कलाकारहरु आउदै

दाङ, १० फागुन । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव-२०८१ मा चर्चित कलाकारहरू धमाकेदार प्रस्तुति दिन आउने भएका छन् ।

 “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा आज कलाकारहरुको गायन संगै हास्यव्यंग्य प्रस्तुति समेत रहने छ ।

महोत्सवको फागुन १० गतेको विशेष आकर्षणका रूपमा चर्चित गायक चक्र बम, गायिका सम्झना भण्डारी, हास्य कलाकार कमल गाउले, गायक रोशन रतगैया, टंक खड्का, दीपक वली, तथा नृत्यांगना आरुसी मगर रहेका छन् । 

 विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ ।

महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस