२०८३ असोज १८ गते आइतवार | 2026 October 4th Sunday

तुलसीपुर महोत्सवमा शान्ती श्री र अर्जुनको धमाकेदार प्रस्तुति

दाङ, ११ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सव दर्शकहरूको अपार उपस्थितिले भरिभराउ भएको छ । महोत्सवको ११औं दिन लोक तथा दोहोरी क्षेत्रका ख्यातिप्राप्त कलाकार शान्ती श्री परियार र अर्जुन सापकोटाको धमाकेदार प्रस्तुति हेर्न हजारौं दर्शकको घुँइचो लागेको थियो ।

शान्ती श्री परियारको सुमधुर आवाज र अर्जुन सापकोटाको आकर्षक प्रस्तुतीले माहोल रोमाञ्चक बनाएको थियो । चर्चित लोकदोहोरी गीतहरूमा दर्शकहरू नाचेका मात्र होइनन्, साथमा गाएर कलाकारलाई साथसमेत दिएका थिए ।

महोत्सव आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार कार्यक्रममा मोडल दिपा शाही, गायक सन्दिप सेन्चुरी हास्य कलाकार कुलबहादुर ओली, नृत्यङ्गना विविका पोखरेल लगायतका थुप्रै कलाकारहरूको प्रस्तुती रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए । 

तुलसीपुरवासीहरूका लागि यो महोत्सव सांस्कृतिक तथा मनोरञ्जनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । तुलसीपुरमा जारी दोस्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यावसायिक महोत्सव(२०८१ जारी छ । स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तारू भन्ने नाराका साथ फागुन १ गतेदेखि सुरु भएको महोत्सव फागुन १६ गतेसम्म संचालन हुने अध्यक्ष ऋषिराज भण्डारीले बताए । 

अध्यक्ष भण्डारीका अनुसार विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिएको छ । महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस