२०८३ असोज १७ गते शनिवार | 2026 October 3rd Saturday

फाेनिज दाङकाे नयाँ कार्यसमितिकाे पहिलाे वैठक सम्पन्न

दाङ, ११ फागुन । आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज ) दाङकाे नयाँ कार्यसमितिकाे पहिलाे वैठक आज सम्पन्न भएको छ । बैठकले फाेनिज दाङलाइ चलाएमान बनाउन विभिन्न निर्णयहरु गरेकाे छ ।

बैठकले फाेनिज दाङमा आवद्द सदस्यहरुकाे डिजिटल प्राेाेफाइल निर्माण गर्न फाेनिज दाङका सचिव एच. आर मगरलाई जिम्मेवारी दिने निर्णय गरेकाे छ ।

यस्तै निवर्तमान अध्यक्ष प्रेेम बहादुर राम्जा, सचिव मेनका घर्ती र काेषाध्यक्ष अमिता चाैधरीकाे संयुक्त नाममा रहेकाे खाता वर्तमान अध्यक्ष , सचिव र काेषाध्यक्षकाे नाममा परिवर्तन गरि अध्यक्षकाे हस्ताक्षर अनिवार्य गरि दुई जनाकाे हस्ताक्षर चल्ने गरि खाता परिवर्तन गर्ने निर्णय गरेकाे छ ।

यस्तै फाेनिज दाङकाे सल्लाहकारमा पुर्व अध्यक्ष सविन प्रियासन र जे. एन. सागरलाइ चयण गर्ने निर्णय गरेकाे छ । बैठकले फाेनिज लुम्बिनी प्रदेशकाे आगामि अधिवेशन दाङमा गर्न प्रदेश कमिटीलाई आग्रह गर्ने र सदस्यता नविकरण गर्ने जस्ता निर्णयहरु गरेकाे छ ।

बैठकमा नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव जेएन सागर, फाेनिज प्रदेश सदस्य शिव घर्ती मगर, थारु पत्रकार संघका निवर्तमान केन्द्रीय अध्यक्ष सन्तोष दहित, पत्रकार प्रकाश चौधरी, एग्गे बहादुर बुढा लगायतले फोनिजलाई व्यवस्थित र क्रियाशिल बनाउनुपर्ने सुझाव दिएका थिए ।

शाखाकी अध्यक्ष दिप्तिशिखा चौधरीको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा फोनिज दाङ का पुर्व अध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हाे । बैठककाे सहजिकरण सचिव एच.आर मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस