२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ

दाङ, २१ फागुन । तुलसीपुरबाट प्रहरीले एक लाख बढी रकमसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका – ९ स्थित रामनगर टोलका कमल बिक बगालेको घरमा बुधबार साँझपख छापा हानेर प्रहरीले जुवाडे पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार साँझ साढे ४ बजेतिर सुराकका आधारमा पुगेको प्रहरीले जुवामा छापा हानेको थियो । जुवा खालवाट एक लाख १६ हजार आठ सय नगद र ११ जना जुवाडे पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

पक्राउ परेका जुवाडे बारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका अन्य जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस